मेरी आमा र यो देशको आमा भनिएका नेताहरु बीच धेरै भिन्नता छ
चार दिने कान्दा यात्रा पछि मज्जाले बिरामी भईयो । रुघा र खोकीले सतायो । एक सातासम्म पनि सञ्चै भएन । हिजो घर पुगियो । घर पुगेर आमाले दिनुभएको तातो पानीले निकै हल्का बनायो ।
घरमा एक्लै बस्दै आउनुभएकी मेरी आमाले गर्नु भएको त्यो केयरले मलाई आमाको मातृत्व र ममताको अनुभूती भयो । त्यो पनि छुट्टै तरिकाको । तीन सन्तान भएर पनि आमा अहिले घरमा एक्लै हुनुहुन्छ । हामी सबै घरबाट टाढा छौं ।
उमेर ६० को हाराहारीमा रहनु भएकी आमाले घरबारी एक्लै हेरीराख्नु भएको छ । सबै मेशो मिलाई राख्नु भएको छ । दुरीको हिसाबले अलि नजिक भएकी म साता अथवा १५ दिनको मेशोमा एक पटक घर पुग्ने गर्छु । म घर पुग्दा आमाको अनुहार उज्यालो हुन्छ । माया र ममताले भरिएकी आमाले हाम्रो पनि ज्यादै ख्याल राख्नु हुन्छ ।
अक्षरको मेशो मेलो केही नभए पनि एक्लै सबै कुराको जोहो गर्नु हुन्छ । अनि व्यवस्थापन पनि । कत्ति मज्जाले गर्नुहुन्छ सबै कुराको सहज व्यवस्थापन ।
देशमा अहिले धेरै नै भद्रगोलमा छ । यो सबै हुनुमा देशको आमाले देशको सक्षम व्यवस्थापन गर्न नसकेर नै हो । देशलाई अघि बढाउने व्यवस्थापन गर्ने जिम्मेवारी लिएका राजनीतिक दल र त्यसका नेतृत्वकर्ताले देशलाई झन् भद्रगोल बनाए । उनीहरु देश सपार्न भन्दा पनि विगार्नमा तल्लिन भए । अनि आफु चाँही राम्रोसँग सप्रिए । आफु बने तर देश विगारे ।
मेरी आमा जो दिन र रात हाम्रो लागि खटिईन्, अझै पनि खटिदैछिन् । उनमा र यो देशका नेताहरु बीच त तुलना गर्न नै मिल्दैन । आमा खटिईन र त हामीलाई यो अवस्थामा पु¥याईन । यदि नेताहरु पनि मेरी आमा जसरी नै निस्वार्थ खटिएको भए यो देश पनि आज धेरै माथि जाने थियो ।
| अामा |

salam ti aamalai
ReplyDelete