Thursday, March 21, 2013

संगितको मञ्जा नै छुटटै


हिजो दिनभर पानी पर्यो । मध्य दिनको समय नै अन्धकारमय बन्यो । अकस्मात तापक्रम पनि चिसो भयो । चिसो मौसममा गीत सुन्नुको मज्जा नै बेग्लै । त्यो मज्जाको पनि मैंले भरपुर उपयोग गरें । मञ्जा लिने मेशो जुटाई दिएको थियो  सिनर्जी एफ.एमले ।
हिजोको साँझ सिनर्र्जी राईजिङ्ग स्टारको फाईनल हेर्न पुगियो नारायणी कला मन्दिर । हरेक कार्यक्रमहरुमा सँगै हिँड्ने दाईहरुसँगै । पत्रकार दाजुहरु रमेश, दिपेन्द्र, अनिल, प्रविण, विमल र साथी सावित्रि र सरितासँगै बसेर खुब रमाईलो गरियो । केही अघि भएको टप टेनको कन्सर्टमा पनि उत्तिकै रमाईलो गरिएको थियो ।
हिजो त नेपाली संगितका पुराना गीत पनि सुन्न पाईयो । यति चोखो यति मिठो दिउँला तिम्लाई माया, आँखा छोपि नरोउ भनि भन्नुप¥याछ, म त लालि गुँरास भएछु, फुलको थुङ्गा बहेर गयो गंगाको पानी, उकाली ओरालीहरुमा । विरलै सुन्ने अवसर पाईन्छ यस्ता गीतहरु । नारायण गोपाल र तारादेवीको स्वरलाई निकै मिठोसँग स्टारका पाँच फाइनलिष्टहरुले सुनाएका थिए । त्यो पनि जर्जहरुको फर्माइसमा ।
ट्रफि जित्ने र विजयी बन्ने त एउटै नै त हो । मेरो गाउँ गुञ्जनगरका किरण गुरुङ स्टार बने । उपाधी जिते । नवलपरासीका जीतु थापा र निर्मला गोदामीले पनि दर्शकलाई मोहित पारे ।

किरण गुरुङ

गीत गाउनु पनि कला हो । स्वर पाउनुपर्दो रैछ । के गर्नु आफु त त्यस मामिलामा दश कदम पछाडि नै परियो । रहर गरेर मात्र पनि नहुने । जे होस् संगितमा डुब्न चाँही मलाई खुब मज्जा लाग्छ ।
प्रतिभाको कदर गर्दै बाटोमा केही बढ्न सहयोग गरेको छ सिनर्जीले । आफु पनि आबद्ध रहेको रेडियोको यस्तो कदमले खुशी बनाउँछ । यो एउटा राम्रो कदम हो । जसले प्रतिभाको सम्मान त भयो नै कसैभित्र लुकेको प्रतिभा पनि बाहिर आउने अवसर मिलेको छ ।

विजेता किरणलाई धेरै धेरै बधाई अनि शुभकामना । नेपाली संगितको आकाशमा किरण बन्न प्रयास गर्नु । संगितको मर्मलाई कायम राख्दै आफ्नो गारेटो बनाउनु । नेपाली संगितको आकाश अझ फराकिलो बनोस् । नेपाली कुना र कन्दराका गीतहरु पनि आकाशमा अटाउन सकोस् ।

No comments:

Post a Comment