| रिसाईकलिङ गरेर बनाईएको हात्ती |
‘रिसाईकल’ अर्थात पुनः प्रयोग । कल्पवृक्ष ग्रेटर गुड्सले पुनः प्रयोगमा जोड दिएको छ । हस्तकलाका सामाग्री होस् या त लाईट । सबैमा रिसाईकललाई ध्यान दिईएको छ । कल्पवृक्षले महिलालाई उद्यमी बनाउन रिसाईकललाई जोड दिएको हो ।
एक वर्षदेखी यसले पुनः प्रयोग गर्न मिल्ने वस्तुलाई सीपमा ढालेर आम्दानीको स्रोत बनाउन सहयोग गरिरहेको छ । कल्पवृक्षको कार्यालय सौराहामा रहेको छ । यसले हस्तकला र सोलार लाईटको बिक्रि वितरणका लागि सौराहामा बिक्री केन्द्र पनि सञ्चालन गरेको छ ।
कल्पवृक्ष ग्रेटर गुड्सको बिक्री केन्द्रमा चितवन तथा अन्य जिल्लाका महिला उद्यमीहरुले निर्माण गरेका हाते सामाग्रीहरु राखिएका छन् । ग्रीन सोसाईटीका महिलाले बनाएको हात्तिको लिडको कागज, सपना भिलेजको बोरा तथा प्लाष्टिकबाट बनाईएका ब्याग, आदर्शगृहका हस्तकला, जनकपुरको मिथिला चित्र पसलमा छन् ।
पसलमा महिला दिदिबहिनीले स्थानीय स्तरमा रिसाईकलिङ विधिबाट बनाएको सामाग्रीलाई प्राथमिकता दिएको कल्पवृक्षकी अगुवा सीता अधिकारी बताउँछिन् । जुन सामाग्रीहरु विदेशी पर्यटकले किन्छन् । १२ वर्ष महिला बचत सहकारीमा आबद्ध भएर महिलाको आर्थिक अवस्थाको बारेमा जानकार सीता कल्पवृक्षबाट सीपको विकास गरि महिलालाई आत्मनिर्भर बनाउन लागेकी छिन् ।
बछौली गाविसको सौराहा बस्ने ३८ वर्षीय सीताको अगुवाईमा पुन रिसाईकलिङ वस्तु र ऊर्जाको क्षेत्रमा काम गर्न कल्पवृक्ष संस्था खोलिएको हो । कल्पवृक्ष मार्फत उज्यालोमा महिलाहरुको पहुँच पु¥याउन पनि उनले मेहनत गरेकी छिन् । महिलाहरुको आर्थिक हैसियत नाप्दै उनीहरुको समस्या बुझेर स्वास्थ्यलाई पनि ख्याल राख्दै उनले नविकरणीय ऊर्जाबाट अध्याँरो भगाउने मेशो मिलाएकी छिन् ।
विद्युतको सुविधाको उपयोग गर्न नपाएका धेरै महिलाहरु बिहान र रातको समयमा अँध्यारोमा काम गर्न बाध्य छन् । १२ वर्ष महिला बचत सहकारीमा आबद्ध भएर महिलाको समस्या बुझेकी चितवनको बछौली गाविसको सौराहा बस्ने सीता अधिकारी अहिले कल्पवृक्ष मार्फत समाजमा उज्यालो समय बढाउन व्यस्त छिन् ।
न्युन आर्थिक अवस्था भएका महिलाहरुलाई जीविकोपार्जनका गतिविधीमा अध्याँरोले पारेको असहज परिस्थितीलाई कम गर्ने उनको प्रयास हो । उनले दुई वर्षदेखी यहि कोशिस गरिरहेकी छिन् । अर्थशास्त्रमा डिग्री गरेकी ३८ वर्षीय सीतालाई नेपाली महिलाको आर्थिक हैसियतको बारेमा पनि राम्रो जानकारी छ । त्यसैलै उनी एकै पटक आर्थिक भार नपर्ने गरी निश्चित योजना सहित आफ्नो कार्यमा लागेकी छिन् ।
महिलाहरुको दैनिक कार्यमा नविकरणीय ऊर्जाको प्रयोगका बारेमा उनको संस्थाले काम गर्छ । सौर्य ऊर्जाको उपभोगमा कल्पवृक्षले जोड दिएको छ । अहिले डि लाईट नामक सौर्य ऊर्जाबाट चार्च हुने लाईटको बिक्री वितरण गर्ने कार्य कल्पवृक्षले गरिराखेको छ ।
क्ष्तब ब्मजष्पबचष्
नेपाली समुदायको लागि सुहाउँदो भएकोले यो लाईट समुदायमा लगिएको उनी बताउँछिन् । ‘सामाग्री जुन भए पनि हामीले प्रयोग गर्न सक्ने र फाईदा लिन सक्ने हुनुपर्छ’ सीता भन्छिन्–‘अहिलेसम्मको मार्केटलाई अध्ययन गर्दा र नेपाली दिदिबहिनीले रुचाएको सामाग्री उपलब्ध गराउनमा जोड दिएका छौं ।’ जसले महिलाको दैनिक जीविका चलाउन र रातको फुर्सदमा हस्तकलाका सामाग्री निर्माण सहयोग पुगेको छ ।
९ सय र २९ सय रुपैयाँ पर्ने सौर्य लाईट अहिले एक हजार नेपालीले प्रयोग गरिरहेको सीताले जानकारी दिईन् । उनका अनुसार हल्का, बलियो, नफुट्ने, लिएर हिँड्न पनि सजिलो र सामान्य वल्वको तुलनामा चार देखी दश गुणासम्म उज्यालो दिने भएकोले यो लाईट रुचाईएको छ । सामान्यतया पाँच घण्टा घाममा राखेको लाईट १० घण्टा बल्ने गरेको उनले जानकारी दिईन् ।
नविकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने इमपावर जेनेरेशनको सीता नेपाल प्रबन्धक पनि हुन् । इमपावर जेनेरेशनले सौर्य ऊर्जाको उपभोगका लागि कल्पवृक्षलाई सहयोग गरेको छ । न्युन आर्थिक अवस्था भएकाहरुलाई किस्ताबन्दीमा र सस्तो ब्याजदरमा इमपावर जेनेरेशनको इनर्जी फन्ड मार्फत कल्पवृक्षले महिलाहरुलाई लाईट उपलब्ध गराउने गरेको छ ।
चितवनमा अहिले झुवानी महिला, गैंडा पर्यटन र हर्नरी तीन वटा सहकारीमा यो फन्डको व्यवस्था गरिएको छ । जसबाट ८ प्रतिशत ब्याजदरमा ऋण लिएर महिला दिदिबहिनी लाईट किन्न सक्ने व्यवस्था मिलाएको उनले बताईन् । जसले उज्यालोका लागि अन्य ऊर्जामा खर्च हुने रकम बचत भएको सीता बताउँछिन् ।
न्यून आर्थिक अवस्था भएका एक नेपाली परिवारले एक महिनामा साँझ र बिहानको समयमा आफ्नो क्षमताले सकेको उज्यालो प्रयोग गर्न सामान्यतया मासिक दुई सय देखी छ सयसम्म खर्च गर्ने गरेको उनले पाएकी छिन् । जुन टुकीमाराको ब्याट्री र मट्टितेल किन्नमा खर्च हुने गरेको छ । उज्यालोका लागि दूई महिनामा गरिने खर्चले कम्तीमा दुई बर्ष बाल्न सकिने सौर्य लाईट किन्न सकिने सीता बताउँछिन् ।
बर्दियाको मुक्त कमैया र सुकुम्बासी बस्तीमा सौर्य लाईटको उपयोगको संभाव्यता अध्ययन गर्दा उनले टुकिमारामा प्रयोग गरिने व्याट्रीले बस्ती नै दुषित बनाएको पाईन् । भने, होचा घरहरुमा मट्टितेल बत्ती प्रयोग गर्दा आगलागीको जोखिम भेटिन् । त्यसैले बर्दिया र सिराहामा पनि उनी सस्तो दरमा सौर्य लाईटको व्यवस्थाका लागि योजना निर्माण गरेकी छिन् । बर्दियाको कालिका, मोतिपुर, मैनापोखर, पनाहा, मगरगढी, महमदपुर, देउडाकला गरी छ गाविस र गुल्लेरिया नगरपालिकामा सौर्य ऊर्जाको लागि काम गर्दैछिन् ।
महिलाहरुलाई उद्यमी बनाउन नविकरणीय ऊर्जाको प्रयोगमा उनले जोड दिएकी हुन् । ‘उज्यालोको व्यवस्था भएमा काम गर्ने समय बढ्छ’ महिलाको क्रय शक्ति बढाउन सौर्य लाईट सहयोगी हुने बारेमा बताउँदै उनी भन्छिन्–‘साना र घरेलु उद्यम गर्ने महिलाहरु साँझ तथा रातको फुर्सदमा एकछिन काम गर्न पाउँछन्’ । विद्युतमा पहुँच नपुगेका र लोडसेडिङ्गको समस्या बेहोर्नु परेकाहरुलाई सौर्य लाईट उपयोगी रहेको छ । भने यसले मानिसको स्वास्थ्य र पर्यावरण दुवै स्वच्छ राख्न पनि सहयोग गरेको छ ।
कल्पवृक्षले महिलाहरुलाई उद्यमी बनाउन सीप सिकाएको छ । संस्था मार्फत इम्ब्रोईडरी तालिम दिएको सीताले जानकारी दिईन् । उनीहरुले उत्पादन गरेको टि–सर्ट पनि पसलबाट बिक्री हुने गरेको छ । माग अनुसार उत्पादन भने पसललाई उपलब्ध हुन सकेको छैन । भने, महिला उद्यमीहरुको उत्पादनको गुणस्तर र मात्रा बढाउन आवश्यक रहेको सीता बताउँछिन् । जसको लागि आउने दिनमा कल्पवृक्षले काम गर्ने उनले बताईन् । रिसाइकलिङ गरेर बनाएको सामानले महिलाहरु उद्यमशील बनेर आम्दानी त हुने नै भयो यसले वातावरण पनि स्वच्छ र सुन्दर राख्न सहयोग पुगेको सीताको भनाई छ ।
एक वर्षदेखी यसले पुनः प्रयोग गर्न मिल्ने वस्तुलाई सीपमा ढालेर आम्दानीको स्रोत बनाउन सहयोग गरिरहेको छ । कल्पवृक्षको कार्यालय सौराहामा रहेको छ । यसले हस्तकला र सोलार लाईटको बिक्रि वितरणका लागि सौराहामा बिक्री केन्द्र पनि सञ्चालन गरेको छ ।
कल्पवृक्ष ग्रेटर गुड्सको बिक्री केन्द्रमा चितवन तथा अन्य जिल्लाका महिला उद्यमीहरुले निर्माण गरेका हाते सामाग्रीहरु राखिएका छन् । ग्रीन सोसाईटीका महिलाले बनाएको हात्तिको लिडको कागज, सपना भिलेजको बोरा तथा प्लाष्टिकबाट बनाईएका ब्याग, आदर्शगृहका हस्तकला, जनकपुरको मिथिला चित्र पसलमा छन् ।
पसलमा महिला दिदिबहिनीले स्थानीय स्तरमा रिसाईकलिङ विधिबाट बनाएको सामाग्रीलाई प्राथमिकता दिएको कल्पवृक्षकी अगुवा सीता अधिकारी बताउँछिन् । जुन सामाग्रीहरु विदेशी पर्यटकले किन्छन् । १२ वर्ष महिला बचत सहकारीमा आबद्ध भएर महिलाको आर्थिक अवस्थाको बारेमा जानकार सीता कल्पवृक्षबाट सीपको विकास गरि महिलालाई आत्मनिर्भर बनाउन लागेकी छिन् ।
बछौली गाविसको सौराहा बस्ने ३८ वर्षीय सीताको अगुवाईमा पुन रिसाईकलिङ वस्तु र ऊर्जाको क्षेत्रमा काम गर्न कल्पवृक्ष संस्था खोलिएको हो । कल्पवृक्ष मार्फत उज्यालोमा महिलाहरुको पहुँच पु¥याउन पनि उनले मेहनत गरेकी छिन् । महिलाहरुको आर्थिक हैसियत नाप्दै उनीहरुको समस्या बुझेर स्वास्थ्यलाई पनि ख्याल राख्दै उनले नविकरणीय ऊर्जाबाट अध्याँरो भगाउने मेशो मिलाएकी छिन् ।
विद्युतको सुविधाको उपयोग गर्न नपाएका धेरै महिलाहरु बिहान र रातको समयमा अँध्यारोमा काम गर्न बाध्य छन् । १२ वर्ष महिला बचत सहकारीमा आबद्ध भएर महिलाको समस्या बुझेकी चितवनको बछौली गाविसको सौराहा बस्ने सीता अधिकारी अहिले कल्पवृक्ष मार्फत समाजमा उज्यालो समय बढाउन व्यस्त छिन् ।
न्युन आर्थिक अवस्था भएका महिलाहरुलाई जीविकोपार्जनका गतिविधीमा अध्याँरोले पारेको असहज परिस्थितीलाई कम गर्ने उनको प्रयास हो । उनले दुई वर्षदेखी यहि कोशिस गरिरहेकी छिन् । अर्थशास्त्रमा डिग्री गरेकी ३८ वर्षीय सीतालाई नेपाली महिलाको आर्थिक हैसियतको बारेमा पनि राम्रो जानकारी छ । त्यसैलै उनी एकै पटक आर्थिक भार नपर्ने गरी निश्चित योजना सहित आफ्नो कार्यमा लागेकी छिन् ।
महिलाहरुको दैनिक कार्यमा नविकरणीय ऊर्जाको प्रयोगका बारेमा उनको संस्थाले काम गर्छ । सौर्य ऊर्जाको उपभोगमा कल्पवृक्षले जोड दिएको छ । अहिले डि लाईट नामक सौर्य ऊर्जाबाट चार्च हुने लाईटको बिक्री वितरण गर्ने कार्य कल्पवृक्षले गरिराखेको छ ।
क्ष्तब ब्मजष्पबचष्
नेपाली समुदायको लागि सुहाउँदो भएकोले यो लाईट समुदायमा लगिएको उनी बताउँछिन् । ‘सामाग्री जुन भए पनि हामीले प्रयोग गर्न सक्ने र फाईदा लिन सक्ने हुनुपर्छ’ सीता भन्छिन्–‘अहिलेसम्मको मार्केटलाई अध्ययन गर्दा र नेपाली दिदिबहिनीले रुचाएको सामाग्री उपलब्ध गराउनमा जोड दिएका छौं ।’ जसले महिलाको दैनिक जीविका चलाउन र रातको फुर्सदमा हस्तकलाका सामाग्री निर्माण सहयोग पुगेको छ ।
९ सय र २९ सय रुपैयाँ पर्ने सौर्य लाईट अहिले एक हजार नेपालीले प्रयोग गरिरहेको सीताले जानकारी दिईन् । उनका अनुसार हल्का, बलियो, नफुट्ने, लिएर हिँड्न पनि सजिलो र सामान्य वल्वको तुलनामा चार देखी दश गुणासम्म उज्यालो दिने भएकोले यो लाईट रुचाईएको छ । सामान्यतया पाँच घण्टा घाममा राखेको लाईट १० घण्टा बल्ने गरेको उनले जानकारी दिईन् ।
नविकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने इमपावर जेनेरेशनको सीता नेपाल प्रबन्धक पनि हुन् । इमपावर जेनेरेशनले सौर्य ऊर्जाको उपभोगका लागि कल्पवृक्षलाई सहयोग गरेको छ । न्युन आर्थिक अवस्था भएकाहरुलाई किस्ताबन्दीमा र सस्तो ब्याजदरमा इमपावर जेनेरेशनको इनर्जी फन्ड मार्फत कल्पवृक्षले महिलाहरुलाई लाईट उपलब्ध गराउने गरेको छ ।
चितवनमा अहिले झुवानी महिला, गैंडा पर्यटन र हर्नरी तीन वटा सहकारीमा यो फन्डको व्यवस्था गरिएको छ । जसबाट ८ प्रतिशत ब्याजदरमा ऋण लिएर महिला दिदिबहिनी लाईट किन्न सक्ने व्यवस्था मिलाएको उनले बताईन् । जसले उज्यालोका लागि अन्य ऊर्जामा खर्च हुने रकम बचत भएको सीता बताउँछिन् ।
न्यून आर्थिक अवस्था भएका एक नेपाली परिवारले एक महिनामा साँझ र बिहानको समयमा आफ्नो क्षमताले सकेको उज्यालो प्रयोग गर्न सामान्यतया मासिक दुई सय देखी छ सयसम्म खर्च गर्ने गरेको उनले पाएकी छिन् । जुन टुकीमाराको ब्याट्री र मट्टितेल किन्नमा खर्च हुने गरेको छ । उज्यालोका लागि दूई महिनामा गरिने खर्चले कम्तीमा दुई बर्ष बाल्न सकिने सौर्य लाईट किन्न सकिने सीता बताउँछिन् ।
| सीता अधिकारी |
महिलाहरुलाई उद्यमी बनाउन नविकरणीय ऊर्जाको प्रयोगमा उनले जोड दिएकी हुन् । ‘उज्यालोको व्यवस्था भएमा काम गर्ने समय बढ्छ’ महिलाको क्रय शक्ति बढाउन सौर्य लाईट सहयोगी हुने बारेमा बताउँदै उनी भन्छिन्–‘साना र घरेलु उद्यम गर्ने महिलाहरु साँझ तथा रातको फुर्सदमा एकछिन काम गर्न पाउँछन्’ । विद्युतमा पहुँच नपुगेका र लोडसेडिङ्गको समस्या बेहोर्नु परेकाहरुलाई सौर्य लाईट उपयोगी रहेको छ । भने यसले मानिसको स्वास्थ्य र पर्यावरण दुवै स्वच्छ राख्न पनि सहयोग गरेको छ ।
कल्पवृक्षले महिलाहरुलाई उद्यमी बनाउन सीप सिकाएको छ । संस्था मार्फत इम्ब्रोईडरी तालिम दिएको सीताले जानकारी दिईन् । उनीहरुले उत्पादन गरेको टि–सर्ट पनि पसलबाट बिक्री हुने गरेको छ । माग अनुसार उत्पादन भने पसललाई उपलब्ध हुन सकेको छैन । भने, महिला उद्यमीहरुको उत्पादनको गुणस्तर र मात्रा बढाउन आवश्यक रहेको सीता बताउँछिन् । जसको लागि आउने दिनमा कल्पवृक्षले काम गर्ने उनले बताईन् । रिसाइकलिङ गरेर बनाएको सामानले महिलाहरु उद्यमशील बनेर आम्दानी त हुने नै भयो यसले वातावरण पनि स्वच्छ र सुन्दर राख्न सहयोग पुगेको सीताको भनाई छ ।
No comments:
Post a Comment