Thursday, March 14, 2013

परिवर्तनको बाटोमा

उनीहरु अहिले जीवनमा केही सिक्दैछन् । सिकाईलाई जीवनमा उतार्दै छन् । लोत्थर गाविसको विकट मानिएको कान्दाका बासिन्दा आफुलाई परिमार्जित गर्दै छन् । जसमा उनीहरुले देखाएको तत्परताको कदर त सबैले गर्नै पर्छ ।
उनीहरुको त्यो उत्साह र जीवनशैलीलाई नजिकबाट नियाल्ने अवसर पाएँ । अवसर जुराईदियो मितेरी फाउण्डेशनले । चेपाङ गाउँ पहिला पनि पुगेको थिए । भरतपुरबाट नजिकै रहेको ठाउँहरुमा गएको मैले त्यहाँको विविधतामा धेरै अन्तर पाएँ ।
मुस्किलले छ महिनासम्म खानाको जोहो गर्न सक्षम उनीहरु अहिले आफ्नो जीविकालाई उकास्ने तरखर गर्दै छन् । सरसफाईमा ध्यान दिन थालेका छन् । हप्ताको एक पटक त नुहाईन्छ हो भन्छन् । जसले पनि उनीहरुको सचेतनालाई प्रष्ट पार्न थालेको छ । उन्नत बीउबिजन प्रयोग गरेर उत्पादन बढाउने सुर कसेका छन् । सीप सिक्न थालेका छन् ।
मुख्य कुरो त उनीहरुले आफ्नो लाज ढाक्न थालेका छन् । कपडाको अभाव हुँदाको त्यो अवस्था र अहिलेको अवस्थाको चित्रण गर्ने हो भने ठूलो अन्तर पाईन्छ । कपडा लगाउनुपर्छ, सफा बस्नुपर्छ, स्वस्थ रहनुपर्छ, सीप सीक्नुपर्छ र पढ्नुपर्छ भन्ने ज्ञानको विकास भएको छ । 
उनीहरुमो यो चेतनाको विकास गर्ने मितेरीको यो कदम उल्लेखनीय छ ।


2 comments: