vढुङ्गाको कापा फोरेर पनि उम्रन्छ पिपलसिर्जना शक्ति कहिले पनि हुँदैन विफल
नेपालीमा भन्दा तथ्य र अंग्रजीमा भन्दा फ्याक्ट लुकेको छ यि शब्दहरुमा । कति गहन छ । अनि नेपालको परिस्थिती र समय सान्दर्भिक पनि । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो जीवनको अन्तिम क्षणमा भनेका र संरक्षित गरिएको शब्द हो ।
यहि शब्दहरुको सञ्जाललाई आधार मानेर जीवनमा प्रगति गर्ने नेपालीहरु पनि रहेछन् यहाँ । जसबाट हामीले सिक्नुपर्ने धेरै कुराहरु लुकेका छन् नेपाली समाजमा । त्यहि लुकेका अनि प्रगतिमा हिडेका सत्यहरुको सिको हामीले गर्नुपर्ने दिन आएको छ ।
सायद देशमा भएका १० प्रतिशत युवाले मात्र पनि यो शब्दहरुको मर्महरु बुझेर नेपालमा नै केहि गरिदिए .... । त्यो दिन नआउला भन्न सकिन्न जुन दिन हामी नेपालीहरु कोही पनि खानाको लागि भोको र कपडाका लागि नाङ्गो बस्नुपर्ने छैन । जसरी अहिले मुगु, बाजुरा, कर्णाली......... का हाम्रा नेपालीहरु बस्न परिरहेको छ । जो देशमा भएका गतिविधी र कुराहरुबाट निकै टाढा छन् । उनीहरुलाई यो कुराको कुनै मतलब पनि छैन । उनीहरुलाई मात्र सरोकार छ त अनिकालको बेलामा के खाएर गजोए टार्ने ।
नारायणी नदीसँगै जोडिएको नारायणगढ बजारले जसरी पछिल्लो वर्षहरुमा प्रगती गरेको छ । के त्यसरी नै देशका अन्य ठाउँहरुले पनि प्रगती गर्न सक्ने छैनन् त ? केही दशक अघिको त कुरा हो नी यो नारायणगढ अहिलेको नारायणगढ बनेकै थिएन । यहाँको बजार सानो ढाक्रे बजारको रुपमा सिमित थियो । जहाँ नुनको व्यापार हुन्थ्यो ।
पहाड तिरका मानिसहरु हप्तौं लगाएर नुन किन्न नारायणगढको ढाक्रे बजार आउँथे । नारायणगढको शहीद चोक र पोखरा बसपार्क क्षेत्रमा मात्र केन्द्रित रहेका घरहरु सबै खरका थिए । खरबाट बनेका साना घरमा सिमित नुनको व्यापार हुन्थ्यो । तर, अहिले कति परिवर्तन भएको छ नारायणगढको स्वरुप ।
नारायणगढको मात्र होईन नारायणगढमा बस्ने मानिसकोे जीवन पनि परिवर्तन भएको छ । के यस्तो परिवर्तन सबै नेपालीको जिवनमा हुन सक्दैन र ? के यस्तो परिवर्तन नेपालको सबै ठाउँमा गर्न सकिदैन र ? जसरी पाँच दशकको अवधिमा नारायणगढ आजको विशाल नारायणगढ बजार बनेको छ । के त्यसरी नै सबै परिवर्तन हुन सक्दैन र ?फेरी कुरा आउँछ त्यही लगनको अनि परिश्रमको । अनि तिनै शब्दहरुको । जसको सिर्जना महाकविले गरेका थिए । यी शब्दको मर्मलाई जाँच्ने अनि व्यवहारमा उतार्ने कला अनि साहस हुनु अहिलेको अपरिहार्यता हो । अनि पो हामी नेपाली भएर नेपालको लागि केही गर्न सक्यौं भनेर गर्व गर्न सक्दछौं ।
ढुङ्गाको कापा फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति कहिले पनि हुँदैन विफल..........
No comments:
Post a Comment