बेक्कार आए जस्तो लाग्यो
म पुगेर उनीहरुलाई थप दुःखित् बनाएछु
आफ्नो पेशाप्रति मनमा गुनासाहरु उब्जिए
के गर्नु आफ्नो उत्तरदायित्व मात्र
त निर्वाह गरेको हो नी मैलैं ......।।
पत्रकारिता गर्न थालेपछि धेरै कुरा, परिवेश अनि मानिसहरुको बारेमा केही भए पनि जानकारी पाएको छु । खुशी अनि सफलताको कथाहरुलाई नियाल्ने मौका पाएको छ । प्रकृतिसँग नजिक भएको छ । विभिन्न नयाँ ठाउँहरुमा पुगेको छु अनि नयाँ मानिसहरुको नजिक पनि ।
मन कति हलुका हुन्छ अनि रमाईलो पनि जब प्राकृतिक सुन्दरताले जोडिएको ठाउँहरुसम्म पुग्छु । मानिसहरुको खुशी अनि सफलताका कुराहरुलाई सुन्छु अनि आफ्नो लयमा उनीहरुको शब्दलाई उर्ताछु । लाग्छ उनीहरुको खुशीलाई म धेरै जनासँग बाँड्दै छु । त्यती बेला मलाई आफ्नो काम र पेशाले गर्वको महशुस गराउँथ्यो ।
तर, सँधै यस्तो नभईदिने पीडा र दुःख अनि रोदन र अभावसँग पनि नजिक त हुनैैपर्ने । भुलिसकेको विगत, इतिहास, पीडा, दुःख र दर्दलाई पनि पुर्नस्मरण पनि गराउनु पर्ने आफ्नो कामले त आँफैलाई पनि पीडित बनाउँछ । लाग्छ कस्तो काम गरेछु, भुलिसकेको पीडा र विगत ताजा गराई दिने ।जीवनका अनेक मोडहरुका घटनाक्रमले दुःखीत् भएका उनीहरुलाई पुनः मैंले पहिलेको जीवनशैली सम्झाई दिँए । घर सम्झाइँदिए । के भएको थियो । घटनाक्रमहरु पुर्नस्मरण गर्न लगाएँ । अब अगाडी नबढौं आफ्नो काम नै त्यही । उनीहरुको पीडालाई खोतल्दै थिएँ । मन भक्कानिएको, कैंयौं वर्ष लगाएर थामिएका आँशु बगाईदिने काम भयो म बाट ।
मेरो मन पनि अत्तालियो । दिल छोयो । कस्तो काम गर्न आएछु । उनीहरुलाई थप दुःखित बनाएँ । के मैंले यस्तो गर्नु हुन्थ्यो म सोच्न मजबुर भएँ । अनि मनमा छुट्टै आभाष भयो । कमसेकम मैंले उनीहरुको पीडालाई खोतल्दा उनीहरु माथि भएको घटनाक्रम अरु माथि नपरोस् भनेर सचेतनाको सन्देश त दिन सक्छु नी !!
मैले गरेको कामले उनीहरु जसरी नै अरु पीडित बन्ने क्रम रोकिनमा पो मद्दत गर्छ की ? मन केही ढुक्क बन्यो
.jpg)
No comments:
Post a Comment