Tuesday, April 2, 2013

सिँगारेर होईन तर त्यसै राम्रो नेपाल

गीत सुनाउँदै यमन चेपाङ

धुँवा, धुलो र कोलाहलबाट मुक्त छ यो वातावरण । ठाउँ पनि शान्त छ र शित्तल पनि । चितवनबाट आएको मलाई भने यो ठाउँ चिसो लाग्यो । बिहान र बेलुका त जाडोको जस्तै महशुस पनि ।
दोस्रो पटक आईपुगेको छु यो ठाउँमा । पहिलो दिन आउँदा दुई दिनको थियो यो ठाउँमा । अहिले भने तीन दिनको बसाइँ । भक्तपुरको नगरकोटमा जलवायु परिवर्तन र जनजाती सरोकार रेडियो कार्यक्रमका सञ्चालक साथीहरुसँगको यो बसाइँ रमाईलो भैरहेको छ ।
विगत १९ महिना देखी चितवनको सिनर्जी एफएममा स्थानीय स्तरमा यो कार्यक्रम उत्पादन गर्ने जिम्मेवारी बहन गरेको छु । भने विभिन्न जिल्लाबाट आउनुभएका साथीहरुको अनुभव आदान प्रदान चलेको छ । विभिन्न जिल्लाका स्रोत व्यक्तिहरु पनि सँगै हुनुहुन्छ ।
उहाँहरुको यो संयुक्त बसाइँले ऊर्जा थपिराखेको छ । ऊर्जालाई थप्ने कामलाई संगितले थप रोचक बनाएको छ । स्रोत व्यक्तिको रुपमा चितवनका यमन चेपाङ पनि आउनु भएको छ । उहाँले गीत पहिला पनि विभिन्न कार्यक्रममा सुन्न पाएको थिए । आज पनि उहाँले गीत सुनाउनु भयो ।


जलकुम्भीको सौन्दर्य
कोरी बाटी छैन तर त्यसै राम्रो हिमाल
सिँगारेर होईन तर त्यसै राम्रो नेपाल
राम्रो भन्नु रङ्ग होइन माटो पो त राम्रो
हाम्रो भन्नु अरु होइन नेपाल पो त राम्रो
फाँट राम्रो अनाजले पाखा बनेलीले
भाका राम्रो लै बरीले रोदी जुनेलीले
कोरी बाटी छैन तर त्यसै राम्रो हिमाल
सिँगारेर होईन तर त्यसै राम्रो नेपाल

देशप्रति सर्मपित यो गीतको शब्द निकै मिठो लाग्यो । सायद यो शब्दले सबैको मनलाई छुन्छ ।

No comments:

Post a Comment