शुक्रबारको दिन कृषि विकास बैंक दिउँसो १२ः३० बजे बन्द हुने रहेछ । सामान्य अरु सरकारी बैंक जस्तै १ बजेसम्म खुल्छ भन्ने मैंले सोचेको थिएँ । तर कृषि विकास बैंकको नियम नै साँढे १२ बजेसम्म खुल्ने रहेछ । संस्थाको नाममा रहेको बैंक खाताको हस्ताक्षर परिवर्तनको लागि डकुमेन्ट लिएर बैंकको नारायणगढ शाखामा १२ः४५ पुगेको थिएँ ।
गेट बन्द भैसकेको रहेछ । गेटमा सुरक्षा गार्ड पनि थिएनन् । ताला बन्द थियो । म सँगसँगै दुई युवा पनि गेटमा पुगेका थिए । माथिबाट झरेका बैंकका एक कर्मचारीले भने –‘आज त बैंक बन्द भैसक्यो ।’ गेटमा पुगेका ति युवा भन्दै थिए ‘हामी काठमाण्डौंबाट आएको महेश बस्नेतको मान्छे ।’
ती कर्मचारीले बैंक बन्द भएको जानकारी फेरी पनि गराए । यसरी पर्खिदाँ पाँच मिनेट समय गइसकेको थियो । माथिबाट सुरक्षागार्ड झरे । अनि उनले काठमाण्डौंबाट आएको को भनेर सोधेपछि गेट खोले र ती दुई युवामा भित्र पस्न दिए । अनि मलाई आईतबार आउनु भन्दै पठाए । मैंले कागजपत्र छोड्न आएको हुँ भने । उनले आईतबार आउनुभन्दै गेट बन्द गरे ।
बैंक तथा बित्तिय संस्थाको नियमहरुको पालना पुर्णतया हुन्छ भन्ने मलाई लागेको थियो । त्यसमा पनि सरकारी बैंक । ऋणको लगानी र वितरणमा सार्स लागेपनि बैंक खुल्ने र काम गराउने कुरामा पनि सोर्स लाग्दो रहेछ भनेर चाँही शुक्रबार मात्र थाहा पाएँ ।
शुक्रबार पुर्वी चितवनमा रहेको जग्गाको बिक्रि वितरणका लागि महेश बस्नेत चितवन आएका थिए । उनले आफ्नो जग्गा पदपुरको एक नीजि स्कुललाई बेचेका थिए । शुक्रबारको दिन मालपोत कार्यालयमा काम सक्दा बैंक खुल्ने समय भने कटेको थियो । लाखौं रुपैयाँ साथमै लिएर काठमाण्डौं फर्कन रिक्सी थियो । त्यसैले उनले फोन बाटै बैंकलाई आदेश दिएर आफ्ना केटाहरु बैंक पठाएका थिए । बैंक अवधि सकिए पनि उनले जग्गा बिक्रीबाट आएको लाखौं रुपैयाँ आदेश दिएर भनौं सोर्स लगाएर केटाहरु मार्फत आफ्नो खातामा डिपोजित गरे ।
उनका भरौटेहरु बैंक पुग्नु अघि नै बस्नेतले एक बजेसम्म बसेर भए पनि आफ्नो काम गदिनुैपर्ने भनेर फोनबाटै आदेश गरेका रहेछन् । उनको सोर्सका कारण नै साँढे १२ बजे बन्द हुने बैंक १ बजेसम्म पनि खुलेको थियो ।
विकास बैंक तथा अन्य कर्मसियल बैंकमा यस्तो हुन्छ भन्ने त मलाई लागेको थियो । सरकारी बैंकमा पनि हुँदो रहेछ । अच्चमको कुरा । अनि त बैंकको सेवा र सुविधामा सबैको पहुँच र समान अवसर कहाँ भयो र ? अनि हामीले कसरी मान्ने नेपाली सबैलाई एउटै व्यवहार हुन्छ भनेर ?????????

No comments:
Post a Comment